प्रभाषले खाए फ्यानको थप्पड



एजेन्सी : तेलुगु फिल्मको चर्चित नायक प्रभाष अहिले विश्वमा चिनिएका छन् । ‘बाहुबली’को सफलता पछि उनी विश्वभर चिनिएका छन् । उनको फ्यान क्रेज पनि गज्जबको रहेको छ । हालैमात्र प्रभाषको एक भिडियो सार्वजनिक भएको छ ।

यस भिडियोमा प्रवाषको एक यूवती प्यान निकै उत्साहित बनेकी छिन् । उत्साहित हुँदै फोटो खिचाएकी उनले फोटो खिचे पछि प्रभाषको गालामा थप्पड लगाएकी छिन् । आफ्नो फ्यानको थप्पडमा प्रभाषले केही प्रतिक्रिया जनाएनन् । गालामा हात लगाउँदै उनी अर्का फ्यानसँग फोटो खिच्नमा व्यस्त भएका थिए । अहिले प्रवासको यो भिडियो भाइरल भइरहेको छ । 

प्रभाष अहिले आफ्नो नयाँ फिल्म ‘साहो’मा व्यस्त छन् । उनको यो फिल्मलाई पनि प्रतिक्षित फिल्मका रुपमा हेरिएको छ । यो फिल्ममा श्रद्धा कपुरको पनि मुख्य भूमिका रहेको छ । यस फिल्मलाई हिन्दी, तामिल र तेलुगु भाषामा एक साथ रिलिज गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्