‘आर्टिकल १५’मा पुलिस अफिसरको रोलमा आयुष्मान  



एजेन्सी : बलिउडको नायक आयुष्मान खुराना फिल्म निर्माता अनुभव सिन्हाको फिल्म ‘आर्टिकल १५’ मा एक पुलिस अफिसरको भूमिकामा देखिने भएका छन् । निर्माता अनुभवले फिल्मको पहिलो लुक साझेदार गरेका छन् । यस फिल्मलाई उनी आफैंले निर्देशन गर्ने भएका छन् । 

आयुष्मानले फिल्म बारे आफ्नो भनाइ राख्दै भनेका छन्, ‘मलाई सधैं हाम्रो देशको सामाजिक–राजनीतिक स्थितिको विषयले आकर्षित गर्छ । हामी सायदै यस्तो फिल्म हेछौं, जसमा निष्पक्ष तरिकाबाट समस्याहरुलाई प्रस्तुत गरेको होस् ।’ उनले निर्देशक अनुभव सिन्हाको पनि तारिफ गरेका छन् ।   

आयुष्मानले भने– ‘अनुभव एक यस्ता निर्देशक हुन्, जो हाम्रो देशको समस्याहरुलाई समाधान गर्ने गर्छन् । मलाई ‘मुल्क’ फिल्म  निकै मनपरेको थियो । यो साम्प्रदायिकता र कट्टरतामा आधारित  सबैभन्दा सन्तुलित फिल्म हो । ‘आर्टिकल १५’ मा उनीसँग काम गर्न निकै मज्जा आउनेछ ।’

यस फिल्ममा आयुष्मानका साथ ईशा तलवार, मनोज पाहवा, सयानी गुप्ता, कुमुद मिश्रा, एम नासर, आशीष वर्मा, सुशील पाण्डे, सुब्रज्योति भरत र जीशान अयूबले काम गरेका छन् । निर्देशक अनुभवले फिल्मका लागि आयुष्मान सही छनोट रहेको बताएका छन् । बनारस मीडिया वर्कसले यो फिल्म बनाउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्