मनोज पंडितको ‘खाग’ रिलिज



काठमाडौं : आजबाट देशभर मनोज पंडितले निर्देशन गरेको फिल्म ‘खाग’ रिलिज भएको छ । यो फिल्म कमलजंग कुवंर लिखित ‘गैंडालाई चार वर्ष’ नामक पुस्तक माथि आधारित रहेको छ । यस फिल्ममा प्रविण खतिवडा प्रमुख भूमिकामा रहेका छन् । प्रविणका अलावा फिल्ममा निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

यस फिल्मले खाग तस्करसँग एउटा व्यक्तिको संघर्षको कथालाई देखाएको छ । दीपक बज्रचार्यको छायांकन रहेको फिल्मलाई पदम तिमल्सिनाले सम्पादन गरेका छन् । फिल्मलाई प्रमिला कुँवरले निर्माण गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्