रणवीर र आलियाको विवाह पक्का 



एजेन्सी : बलिउड स्टार रणवीर कपुर र आलिया भट्ट बीच विवाह हुने पक्का भएको छ । अमेरिकामा रहेका रणवीरका पिता ऋषि कपुर भारत फर्किए पछि रणवीर कपुर र आलिया भट्टको विवाहको   तयारीमा जुट्ने एजेन्सीले जनाएको छ ।

अहिले ऋषि कपुर अमेरिकामा आफ्नो उपचार गराइरहेका छन् । ऋषि यही मार्चको अन्तिममा अमेरिकाबाट फर्कने उनकी पत्नी नितु कपुरले सोसल मिडिया मार्फत जनाएकी छिन् । 

रणवीर र आलिया दुवैको परिवार उनीहरुको विवाह गरिदिन तयार भइसकेका छन् । आलिया ऋषि कपुरलाई भेट्न अमेरिका समेत पुगेकी थिइन् । अमेरिकाबाट ऋषि कपुर फर्किए पछि पण्डितसँग विवाहको साइत जुराइने बताइएको छ । पण्डितसँग भेट्ने मिति आगामी अप्रिलका लागि तय भएको छ । उनीहरुको विवाह भने यही वर्षभित्र हुने भएको छ । यतिबेला  रणवीर र आलिया  फिल्म ‘ब्रम्हास्त्र’ को प्रमोसनमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्