पिता मोहनप्रसादको हातबाट प्रधानमन्त्री ओलीले लगाए टिका



काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट टिका ग्रहण गरेका छन् । 

 

आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा प्रधानमन्त्री ओलीले पिताको हातबाट टीका, जमरा र तिलक ग्रहण गरेका हुन् । 

 

प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

 

आफू टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्