अब काठमाडौंमा पनि ‘डबली बुक क्याफ’



काठमाडौं : चितवनबाट शुरू भएको ‘डबली द स्पेश बुक क्याफे’ले आफ्नो सेवा काठमाडौंमा पनि सुरु  गर्ने भएको छ । पठन संस्कृति र समसामयिक विषयमा स्वस्थ बहसको प्रवर्द्धन गर्ने उद्धेश्यले १० महिना अघि भरतपुरमा शुरु भएको क्याफेले बत्तिस पुतलीमा रहेको शिल्पी थिएटर सँगको सहकार्यमा काठमाडौंमा शाखा खोल्न लागेको छ ।

यस शाखा सञ्चालनको लागि डबलीका सञ्चालक इन्द्रध्वज क्षेत्री र शिल्पी थिएटरका निर्देशक घिमिरे युवराज बीच फागुन २१ गते सम्झौतामा हस्ताक्षर भएको छ । यस क्याफेमा पुस्तक पसल, उच्चस्तरीय कफी र बेकरी सेवाहरु उपलब्ध हुनेछन् । डबलीमा समसामयिक साहित्य र सामाजिक विषय वस्तुमा नियमित छलफल पनि गरिन्छ । 

 

प्रतिक्रिया दिनुहोस्