सलमान खान र अक्षय कुमारको फिल्म इदमा रिलिज



एजेन्सी : बलिउडका चर्चित नायक सलमान खानले हरेक वर्ष इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्ने गर्छन् । हरेक इद सलमान खानका लागि निकै नै विशेष हुने गर्छ । 

सलमानको फिल्म सन् २००९ मा ‘वान्टेड’ देखि सन् २०१९ मा ‘भारत’ फिल्म इदमा नै रिलिज भएको छ । यसै बीच सन् २०१३ मा शाहरुख खानको चेन्नई एक्सप्रेस पनि इदमा नै रिलिज भएको थियो ।  

इदको समयमा सलमानसँग बक्स अफिसमा प्रतिस्पर्धा गर्न कोही पनि खोज्दैंनन् । तर सन् २०२० मा अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ पनि इदमा नै रिलिज हुने भएको छ । खबरका अनुसार सलमानको दबंग थ्री वा संजय लिला भंसालीको फिल्म २०२० को इदमा रिलिज हुनेछ । तर यसबारे अहिले सम्म कुनै आधिकारिक घोषणा भने गरिएको छैन ।

अक्षयले सन् २०२० को इदमा आफ्नो फिल्म ‘सूर्यवंशी’को रिलिजको मिति घोषणा गर्नु अघि  सलमानलाई फोन गरेका थिए । अक्षयको कुरामा सलमानले केही बेर सोचे र त्यसपछि उनले अक्षयलाई सूर्यवंशीका लागि ग्रीन सिग्नल दिएका थिए । त्यसपछि अक्षयले सलमानसँग आफ्नो फिल्म ‘सूर्यवंशी’ अर्को वर्षको इदमा रिलिज गर्ने घोषणा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्