सीके राउत सहमतिमा आउनु स्वागतयोग्य : कांग्रेस



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतसँग सरकारले गरेको सहमतिको स्वागत गरेको छ । सरकारले सीके राउतसँग ११ बुँदे सहमति गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सीके राउतको रुपान्तरण र सम्झौंता स्वागतयोग्य भएको बताएका हुन् ।  

नेपालको अखण्डताको जगमा आन्तरिक विमतिहरुको शान्तिपूर्ण हल खोज्ने राष्ट्रिय प्रयत्न जायज रहेको उनको तर्क छ । शर्माले अहिंसा, सद्भाव र सहकार्यबाटै देशलाई अगाडि बढाउनु जरुरी रहेको बताए । ‘अनेक रंगको अतिवादबाट विगतदेखि नै क्रमशः मुक्ति हासिल गरिरहेको देशलाई ‘सबैको र समृद्ध’ बनाउने तीन मन्त्र अहिंसा, सद्भाव र सहकार्य नै हो,’ उनले भने । नियतमा शंका नगरौं भन्दै उनले सरकार–सिके सम्झौंता नियत अनुरुपको ब्याख्यामा दुर्घटित नहोस् भनेर कामना गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्