प्रेमलिला’ चैत्र ८ मा रिलिज



काठमाडौं : फिल्म ‘प्रेमलिला’ को प्रदर्शन मिति चैत्र ८ पक्का भएको छ । यस फिल्मकी नायिका तथा निर्मात्री दिपशिखा खड्गा रहेकी छिन् ।  यस फिल्मको छायांकन पवन गौतमले गरेका छन् । यस फिल्मको सम्पादन चन्दन दत्त र सालिक दुलालले गरेका छन् । यस फिल्मको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । यस फिल्ममा  दिपशिखा बाहेक अलि खान र मौसम खड्काको मुख्य भूमिका रहेको छ ।

फिल्म ‘प्रेमलिला’ दुई देशमा रहे पनि प्रेमले छेक्न सक्दैन भन्ने कथामा आधारित फिल्म हो । यो फिल्म नानीमैया कार्की र फैजिल फिल्मस्को ब्यानरमा निर्माण भएको छ । यस फिल्ममा नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्