दिनेशको ‘सिन्दुर’ गीतको भिडियोमा विनोद र सम्पदा



एजेन्सी : विदेशमा बसे पनि नेपाल सम्झिरहने दिनेश पोखरेलको मुटु ०७२ साल वैशाख १२ को भूकम्पले हल्लाइदियो । करिब ९ हजार नेपालीको मृत्यु भएको त्यो भूकम्पमा धेरैले आमाबुवा, छोराछोरी, पतिपत्नी, आफन्त र साथीभाइ गुमाए । 

बेल्जियममा बसे पनि नेपाली गीत संगीतको माया गर्ने दिनेशले त्यही ०७२ सालको भूकम्पमा पति गुमाएका पत्नीहरूप्रति समर्पित एउटा मार्मिक गीत लेखेका थिए । 

समय र परिस्थिति नमिलेर डायरीमा त्यसै थन्किएको उनको गीतले स्वर र संगीत पाएको छ । केही दिनअघि उनले तिनै भूकम्पमा पति गुमाएकी पत्नीको वेदना समेटिएको मार्मिक गीत ‘सिन्दुर’ सार्वजनिक गरेका छन् ।

बेल्जियममा नेपाल सम्झी बस्ने दिनेशका शब्दलाई संगीतमा उनेर गैरे सुरेशले जीवन्तता दिएका छन् भने मेलिना राईको स्वरले प्राण भरेको छ । सुदिप सागरले एरेन्ज गरेको गीतको भिडियो रिलिज भएको छोटो समयमै एक लाखभन्दा बढी दर्शकको साथ पाइसकेको छ । 

छायांकन उत्सव दाहालले छायांकन गरेको भिडियोमा विनोद न्यौपाने र सम्पदा बानियाँको अभिनयलाई विकास दहालले सम्पादन गरेका छन् । गीतको भिडियो भने युवराज वाइबाको कन्सेप्ट र निर्देशनमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्