‘कलंक’ का कलाकारहरुको लुक्स सार्वजनिक



एजेन्सी : करण जोहरद्वारा निर्मित मल्टिस्टारर फिल्म ‘कलंक’ का कलाकारहरुको लुक्स सार्वजनिक गरिएको छ । ‘कलंक’ फिल्ममा आलिया भट्ट, वरुण धवन, सञ्जय दत्त, आदित्य रोय कपूर, माधुरी दीक्षित र सोनाक्षी सिन्हा लिड रोलमा रहेका छन् ।

तर यस भन्दा पहिले आफ्नो ड्रिम प्रोजेक्टका लागि करणले अर्कै स्टार कास्ट लिने सोचमा थिए । उनले यस फिल्ममा शाहरुख खान, रानी मुखर्जी, काजोल र अजय देवगनलाई कास्ट गर्न चाहेका थिए । तर, केही कारणले उनले आफ्नो ड्रिम कास्ट वास्तविकतामा बदल्न सकेनन् । उनले यसमा शाहरुख र रणबीर कपूरलाई पनि लिन चाहेका थिए । यसमा पनि उनी सफल भएनन् । 

यति मात्र होइन, स्वर्गीय नायिका श्रीदेवी पनि ‘कलंक’ को हिस्सा थिइन् । तर, गएको वर्ष आकस्मिक मृत्युका कारण उनको ठाउँमा माधुरी दीक्षित नेनेलाई करणले अनुबन्ध गरेका छन् । यस फिल्मबाट कयौं वर्षपछि सञ्जय दत्त र माधुरीलाई दर्शकले एकसाथ पर्दामा हेर्न पाउँछन् । तर, फिल्ममा उनीहरुको साथमा कुनै सिन छ कि छैन त्यो भने खुलेको छैन । 

पिरियड ड्रामा फिल्म कलंकमा वरुण धवन जफरको रोलमा देखिन्छन् । यो फिल्म १९ अप्रिलमा रिलिज हुन लागेको छ  । यसको बजेट ८० करोडको रहेको छ । ‘कलंक’ फिल्मलार्ई अभिषेक वर्मनले निर्देशन गरेका छन् । यसलाई करण जोहर, साजिद नाडियडवाला, हिरू यश जोहर र अपूर्व मेहताले संयूक्त रुपमा निर्माण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्