जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता



काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपालाई नयाँ दलको मान्यता दिने र दर्ता गर्ने निर्णय भएको जानकारी दिएका हुन् । जसपालाई दल दर्ताको प्रमाण पत्र भने शुक्रबार दिइने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्