मोहना अन्सारीको टिप्पणीप्रति मानवअधिकार आयोगको आपत्ति


काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले सरिता गिरीको कारवाहीप्रति टिप्पणी गरेकोमा आयोगले आपत्ति जनाएको छ ।

अन्सारीको भनाइलाई खेदजनक भन्दै आयोगले उनलाई यस्तो भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराइएको पनि जनाएको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माको हसताक्षरसहित आज (बिहीबार) विज्ञप्ति जारी गर्दै उनको भनाई अस्वीकार गरिएको हो ।

‘संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारवाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानविन प्रतिबेदन’ भनी दलको अधिकार निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ्,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगकी सदस्य मोहना अन्सारीले सरिता गिरीमाथि समाजवादी जनता दलले कारवाही गरेपछि उक्त निर्णयप्रति आपत्ति जनाउँदै खेदजनक भन्दै विरोध जनाएकी छिन् ।

संसदमा बोलेको भरमा कारवाही गरिनु अलोकतान्त्रिक भएको भन्दै उनले गिरीको पक्षमा ट्वीट गरेकी थिइन् । आयोगले भने अन्सारीको भनाइप्रति ध्यानाकर्षण गरेको छ ।

उनलाई आयोगले डेढ वर्षअघि नै प्रवक्ताबाट हटाए पनि उनले आफूलाई प्रवक्ताका रुपमा प्रस्तुत गर्ने र आयोगको आधिकारिक धारणा विपरीत राजनीतिक वक्तव्य दिने गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महेन्द्रनगरः आज (शनिबार) विहान कञ्चनपुरको महाकाली अस्पतालमा नेपाली सेनाले शव व्यवस्थापनको डेमो प्रदर्शन गरेको छ

काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना

काठमाडौं : आज देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वीरगञ्ज : वीरगञ्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल अस्थायी

भजनीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको बाढी प्रभाबित क्षेत्रको अनुगमन गरेका छन् । उनले

काठमाडौंः काठमाडौंको सुन्धाराबाट अबैध सुनचाँदी तथा २ थान चाईनिज पेस्तोल छाडी फरार रहेका अभियुक्त निलेश

काठमाडौंः राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिले शुक्रबार पारित गरेको छ

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना

जनकपुरधाम : जनकपुरधामको रामजानकी हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण एकजना सुत्केरी महिलाको ज्यान गएको एक हप्ता

सिन्धुपाल्चोक : जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका पाँच