विद्यापति पुरस्कार अर्पण समारोह सम्पन्न, ५ श्रष्टा पुरस्कृत



जनकपुरधामः मैथिली भाषा साहित्यको सबैभन्दा ठुलो रकमको यस वर्षको नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार धनुषाको रघुनाथपुर निवासी चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिएको छ ।

विद्यापती पुरस्कार कोष जनकपुरले मैथिलीका महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा आज (शनिबार) प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा आयोजना गरेको विद्यापती पुरस्कार अर्पण समारोहमा उपाध्यायलाई पुरस्कृत गरिएको हो ।

त्यस्तै नेपाल विद्यापति मैथिली कला-संस्कृति पुरस्कार धनुषाको धनौजी निवासी लक्ष्मण मण्डल, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सुनसरीका शिव नारायण पण्डित, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरीका दिनेश यादव र नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्कार धनुषाका उपेन्द्र भगत नागवंशीलाई प्रदान गरिएको हो ।

पाँचवटै पुरस्कार मध्ये नेपाल विद्यापति मैथिली भाषा-साहित्य पुरस्कारको राशी २ लाख रहेको छ भने बाँकीको १÷१ लाख रहेको छ । यस वर्ष विद्यापति पुरस्कारका लागि १५ जनाले आवेदन दिएपछि त्यस मध्ये पाँचजनालाई छनौट गरिएको थियो । पुरस्कार चयन समितिमा प्रा.डा.आशा सिन्हा, हिमांशु चौधरी, अनितारानी मण्डल र नविन कुमार मिश्र थिए । विद्यापति पुरस्कार २०६८ सालदेखि वितरण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्