‘भारतले आफ्नो हित हेर्यो , तर नेपालको हितलाई ध्यान दिएन’



काठमाडौं : सरकारले भारतीय हस्तक्षेपका कारण तराई–मधेशका क्षेत्र डुबानमा परेको बताएको छ ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतले सो कुरा बताएका हुन् ।

उनले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको भन्दै यस्तो गतिविधि हस्तक्षेप नै भएको बताएका हुन् ।

‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो’ उनले भने, ‘उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’

भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको बताउँदै मन्त्री थापाले भने–‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन ।’

यता समितिले सरकारलाई नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल थाल्न निर्देशन दिएको छ ।

प्रकाशित : असार २९, २०७७

प्रतिक्रिया दिनुहोस्