मन्दिरको जग्गा अतिक्रमको विरोधमा सडक निर्माण कार्य अवरुद्ध



जनकपुरधाम : जानकी मन्दिरको जग्गा अतिक्रमण गरिएको भन्दै स्थानीयले सडक निर्माण कार्य अवरुद्ध पारेका छन् । एडीबी परियोजना अन्तर्गत जनकपुरधाममा निर्माण भइरहेको सडक निर्माणको क्रममा निजी जग्गा बचाउँन जनकपुरधाम उपमहानगरपालिकाको मिलोमतोमा ऐतिहासिक धार्मिक जानकी मन्दिरको जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै सोमबार स्थानीय युवाहरूले निर्माण कार्य रोकिदिएका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृतका लागि गृहकार्य भइरहेको बेला मन्दिरको जग्गा अतिक्रमण गरी साघुरो बनाएको भन्दै दर्जनौ युवा र विभिन्न राजनीतिक दलसँग आवद्ध नेताहरुले निर्माण कार्यमा अवरोध गरेका छन् । ठेकेदारले एकलौटी रुपमा मन्दिर प्रांगण अगाडि रहेको जग्गा अतिक्रमण गरी पर्खाल भत्काएर सडक निर्माण गरिरहेकोले ऐतिहासिक धार्मिक महत्वको मन्दिरलाई बचाउँन विरोध गरेको राजपाका केन्द्रीय सदस्य रामजी रायले बताए ।

प्रतिक्रिया दिनुहोस्