भारतमा कोरोना संक्रमितको संख्या एकैदिन ३५ हजारभन्दा बढी



एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ ।

एकै दिन शुक्रबार अहिलेसम्मकै सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित भएपछि नयाँ रेकर्ड कायम भएको छ ।

कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३५ हजार ४६८ संक्रमित भएका छन् । यसअघि बिहीबार भारतमा ३२ हजार ६८२ संक्रमित भएका छन् ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा यो समाचार तयार पार्दासम्म १० लाख ५ हजार ६३७ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ३६ हजार ६०२ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ४३ हजार ४२६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६८० जनाको मृत्यु भएपछि शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको २५ हजार ६०९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्