भारतमा कोरोना संक्रमितको संख्या लगातार बृद्धि, दुई दिनमा ७० हजार संक्रमित



एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ ।

शुक्रबार अहिलेसम्मकै सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित थपिएको भारतमा दुई दिनमा नै ७० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३४ हजार ८२० संक्रमित भएसँगै शुक्रबार र शनिबार मात्रै भारतमा ७० हजार २८८ जनामा संक्रमण भएको छ ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा शनिबार यो समाचार तयार पार्दासम्म १० लाख ४० हजार ४५७ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।

अहिलेसम्म संक्रमितमध्ये ६ लाख ५४ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ६० हजार ९४ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७६ जनाको मृत्यु भएपछि शनिबार बिहानसम्म ज्यान गुमाउनेको २६ हजार २८५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्