प्रदेश १ को बैठक : सीके राउतसँगको सम्झौतामा प्रधानमन्त्रीको  जवाफ माग 



विराटनगर : सरकारले सीके राउतसँग गरेको ११ बुँदे सम्झौताको बिषयले  प्रदेश १ को संसदमा  प्रवेश पाएको छ ।  मंगलबारको संसद् बैठकमा विशेष समय लिएर कांग्रेस सांसद शिवनारायण गनगाईंले सरकारले गरेको सम्झौता शंकास्पद रहेको बताउदै प्रधानमन्त्रीले त्यसबारे प्रष्ट जवाफ दिनुपर्ने माग गरे ।

‘राष्ट्रिय अखण्डता र स्वाधीनताविरुद्ध निरन्तर सक्रिय व्यक्तिसँग हठात् सम्झौता गरेर सरकारले देश टुक्र्याउने गतिविधिलाई प्रोत्साहन गरेको देखिएको छ,’ सांसद गनगाईंले भने, ‘यो सम्झौता राष्ट्र हित विपरीत छ । यो त्रुटि सच्याउन म सरकारसँग माग गर्छु।’

अदालतको कार्यशैलीप्रति असन्तोष प्रकट गर्दै उनले सर्वोच्च अदालत पनि शंकाको घेरामा परेको बताए। यो घटनाले स्वतन्त्र न्यायालय सरकारको इसारामा चल्न थालेको संकेत दिन्छ।’ सरकारसँग सम्झौता गरेलगत्तै सीके राउतले दिएको अभिव्यक्ति, जनकपुरमा उनका कार्यकर्ताले लगाएको स्वतन्त्र मधेशको नारा र पछिल्लो समयमा राउतले मिडियामा दिएको प्रतिक्रियाले उनी देश टुक्रयाउने अभियानमा अझै लागिरहेको प्रमाण देखिएको बताए । 

प्रतिक्रिया दिनुहोस्