विप्लवमाथिको प्रतिबन्धपछि बाबुरामले भनेः मजाक भन्ने कि वियोग?



काठमाडौंः  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि आपराधिक भएको निश्कर्ष निकाल्दै सरकारले नियन्त्रण गर्ने निर्णय गरेको छ। पछिल्लो समयमा  विप्लव नेतृत्वको नेकपाको आपराधिक गतिविधि बढेको सरकारको निष्कर्ष छ। सोही निष्कर्षका आधारमा उक्त गतिविधि नियन्त्रणमा लिने सरकारले निर्णय गरेको हो।

सरकारको निर्णयलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले भने आलोचना गरेका छन्। भट्टराईले सन् १९१९ मा जर्मनीमा दक्षिणपन्थी एसपीडीले रोजा नेतृत्वको वामपन्थी केपीडीलाई र १९६७ पछि बंगालमा सीपीएमले सीपीआई-एमएल लाई दबाएको घटनासँग तुलाना गरेका छन्।

उनले भनेका छन् -नेकपा डबलको सरकारले नेकपा चन्द समूहलाई ‘आपराधिक’भन्दै प्रतिबन्ध लगाएको घटनालाई मार्क्सले भने झैं मजाक भन्ने कि वियोग? यसले ठीक सय बर्ष पहिले सन् १९१९मा जर्मनीको दक्षिणपन्थी SPD ले रोजा नेतृत्वको वामपन्थी KPD लाई र १९६७ पछि बंगालमा CPM ले CPI-ML लाई दबाएको सम्झना गरायो है! परिणाम के भो?

यस्तै पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले भनेका छन् – नेकपा(विप्लव) माथि प्रतिबन्ध लागेकै हो त? कारण के कति रहेछ?? हिजोसम्म त राजनीतिक मुद्दा भन्दै थे त???!!!शुभयात्रा सरकार!!! 

 

प्रतिक्रिया दिनुहोस्