विप्लवमाथिकाे प्रतिबन्धबारे कांग्रेसले भन्याेः ‘सरकारमा क्षमता अभाव देखियाे’



काठमाडाैं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफैबाट फुटेर गएको एउटा सानो समूहलाई पनि मूलधारमा ल्याउन नसकेको भनी सरकारको आलोचना गरेका छन् ।

उनले पहाड जत्रै उचाइ र विशाल आकार बनाइसकेको तत्कालीन माओवादीलाई विश्वासमा लिएर कांग्रेसले मूलधारको राजनीतिमा ल्याएको स्मरण पनि गराए । शर्माले एउटै राजनीतिक विचारधारा बोकेर हिँडेको एउटा सानो समूहलाई विश्वासमा ल्याउन नसक्नु सरकार प्रमुखकाे क्षमताको अभाव दखिए भन्दै ट्वीटर ह्यान्डलबाट सरकारप्रति टिप्पणी गरेका छन् ।

कांग्रेसको नेतृत्वकाे सरकारले लिएकाे निर्णय क्षमता स्मरण गराउन उनले प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गर्दै गरेको तस्वीर पनि पोष्ट गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र प्रचण्डलाई मार्न विप्लवले मान्छे खटाएका कारण बाध्य भएर प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्