विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख ८ हजार नाघ्यो



एजेन्सी : विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख आठ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनकाअनुसार सोमबारसम्म विश्वभरिमा एक करोड ४६ लाख ४६ हजार ७०७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म ८७ लाख ३७ हजार ८३५ व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ५२ लाख ९९ हजार ८९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ५९ हजार ६०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३८ लाख ९८ हजार ५५० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४३ हजार २८९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३२ लाख ६६ हजार ७४३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दक्षिण अमेरिकामा एक लाख १७ हजार ९३६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४५ लाख ७० हजार १८९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । उत्तर अमेरिकामा एक लाख ९६ हजार ६२२ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख ५४ हजार ४६२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९८ हजार ८०२ को मृत्यु भएको छ । एसिया ३४ लाख एक हजार २२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ७९ हजार ९६३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा सात लाख २४ हजार ७०२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १५ हजार २०२ जनाको मृत्यु भएको छ । ओसियानामा १३ हजार ७५० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १४५ जनाको मृत्यु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्