संघीय न्यायाधीशको छोराको गोली हानी हत्या, श्रीमानमाथि पनि प्रहार



काठमाडौंः अमेरिकाको संघीय न्यायाधीशका छोराको न्युजर्सीमा गोली हानी हत्या भएको छ ।

न्यायाधीशका श्रीमानमाथि पनि आक्रमण भएको छ । सुरक्षा निकायका अनुसार उनीहरुको घरमा सांघातीक आक्रमण भएको थियो ।

न्यायाधीश इस्टर सलासलाई भने केही भएको छैन । न्युजर्सीको उत्तरी ब्रान्सविकका मेयर फ्रान्सिस म्याक ओमेकलाई उदृत गर्दै एबीसीन्युजले न्यायाधीशका छोराको मृत्यु भएको जनाएको छ ।

न्यायाधीश सलासका श्रीमानको अवस्था कस्तो छ भन्ने यकिन भैकेको छैन । उनका छोराले घरको ढोका खोलेलगत्तै उनीमाथि गोली प्रहार भएको बताइएको छ । स्थानीय समयअनुसार आइतवार साँझ ५ बजे गोली प्रहार भएको हो । क्थोलिक युनिभर्सिटीका फ्रेसम्यान रहेका उनको मुटुमै गोली लागेको छ ।

उनी ढलेपछि उनका बाबुमाथि पटकपटक गोली हानिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार फेडएक्सका ड्राइभरको ड्रेसमा हतियारधारी घरमा पुगेका थिए जसले गोली हानेका थिए ।

न्यायाधीश सलासमाथि पहिलेदेखि नै पटक पटक धम्की आइरहेको थियो तर, हालसालै भने त्यस्ता धम्की आएको खुलेको छैन । फेडरल ब्युरो अफ इन्भेस्टिगेसनले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्