images

म्याग्दी नदीमा पौडी खेल्न गएका बालक बेपत्ता

ध्रुवसागर शर्मा | प्रकाशित: २०७५-११-२९ गते
म्याग्दी नदीमा पौडी खेल्न गएका बालक बेपत्ता

म्याग्दी : म्याग्दी नदीमा पौडी खेल्ने क्रममा डुवेर एक बालक बेपत्ता भएका छन् । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –८ राम्चे ,काफलडाडा निवासी अन्दाजी १५ वर्षीय हेमचन्द्र गर्वुजा मगर बेनीको मंगलाघाटस्थित मंगलाघाट–बगरफाँट जोड्ने झोलुङ्गे पुल मुनी म्याग्दी नदीमा पौडी खेल्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार अपराह्न ४ बजे विद्यालयबाट छुट्टी भएर घर फर्किने क्रममा गर्बुजासहित उनका तीन जना साथीहरू म्याग्दी नदिमा पौडी खेल्न गएका थिए । बेपत्ता भएका गर्बुजाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । बेनी नगरपालिकास्थित सामुदायिक माविमा कक्षा ९ मा अध्ययनरत गबुर्जा मंगलाघाटमा आफन्तसँग डेरामा बस्दै आएका थिए ।

कक्षा ९ मा अध्ययनरत गर्बुजासंगै नदिमा पौडी खेल्न पसेका बेनी नगरपालिका ७ महारानीथान बस्दै आएका निल प्रसाद छन्त्याललाई भने सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका छन्त्यालको अवस्था सामान्य रहेकाले आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

ध्रुवसागर शर्मा

म्याग्दी संवाददाता

images
images
सम्बन्धित समाचार

विप्लव कार्यकर्तालाई अदालतको गेट बाहिर कुर्दै प्रहरी

विप्लव कार्यकर्तालाई अदालतको गेट बाहिर कुर्दै प्रहरी

म्याग्दी : थुनामुक्त भएलगत्तै पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ९ जना..

हिंसा बारे सचेत गराउदैछन् देवचुलीका किशोरीहरू 

हिंसा बारे सचेत गराउदैछन् देवचुलीका किशोरीहरू 

नवलपुर : देवचुली नगरपालिका किशोरीले हिंसाबाट बच्न  सचेत हुन थालेका छन् । यिनै हिंसा, दृव्र्यवहार, शोषण र असमान..

पत्रकार महासंघको भवन निर्माकालागि अध्यक्षले ५० हजार दिए

पत्रकार महासंघको भवन निर्माकालागि अध्यक्षले ५० हजार दिए

नवलपुर : पत्रकार महासङ्घ नवलपुर शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ । मङ्गलवार शाखा अध्यक्ष होमरा..

लागू औषधसहित ६ जना पक्राउ 

लागू औषधसहित ६ जना पक्राउ 

म्याग्दी : म्याग्दी सदरमुकाम बेनीमा प्रहरीले लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना युवत..

अमलटारीमा पुरुषको शव फेला 

अमलटारीमा पुरुषको शव फेला 

नवलपुर : नवलपुरको कावासोती १५ को जङ्गलमा पुरुषको शव फेला परेको छ । अमलटारी मध्यवर्ती सामुदायिक बन क्षेत्र अन्र्तगत..

गण्डकी प्रदेश बजेट: फिल्म केन्द्रदेखि घरघरमा बिजुली

गण्डकी प्रदेश बजेट: फिल्म केन्द्रदेखि घरघरमा बिजुली

गण्डकी : सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २..