आज फेरी बढ्यो सुनको मूल्य



काठमाडौं : आज मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार ७ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ४० रुपैयाँले बढेर १ हजार ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्