images

जन्तीकाे बसले किचेर सर्लाहीमा एक युवकको मृत्यु

द नेपालटप | प्रकाशित: २०७५-११-३० गते
जन्तीकाे बसले किचेर सर्लाहीमा एक युवकको मृत्यु

सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवामा आज बिहान जन्ती बसले किचेर एक युवकको ज्यान गएको छ । मलङ्गवाबाट जन्ती लिएर भारततर्फ फर्किदै गरेको बीआर ३० पि ३०३७ नम्वरको बसले किच्दा भारतको सीतामढी मोहनपुर बस्ने विन्देश्वर रायका २२ वर्षीय छोरा अम्मरनाथ कुमारको ज्यान गएको हो । मृतक युवक सोही बसमा चढेर जन्ती आएका थिए ।

आज बिहान ३ बजेतिर नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–१ भेडहियामा बसले किचेर युवकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको र घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका मुद्दा फाँटका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

युवकले अत्याधिक रक्सी पिएका पाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि पनि बस जन्ती लिएर गन्तव्यतर्फ नै लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

केराखेतीमा देखिएको कोत्रे र गबारो किराको प्रकोपका कारण किसान चिन्तित

केराखेतीमा देखिएको कोत्रे र गबारो किराको प्रकोपका कारण किसान चिन्तित

म्याग्दी : विगत दुई वर्ष अघिदेखि म्याग्दीको केरा खेतीमा देखिएको कोत्रे र गबारो किराको प्रकोप बढ्दै गएपछि केराखेतीमा..

आजको राशिफल: असार-५, बिहीबार

आजको राशिफल: असार-५, बिहीबार

वि.सं. २०७६ असार ५, बिहीबार। इ.स. २०१९ जुन २०। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। तृतीया, १६:०..

अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

म्याग्दी : म्याग्दीस्थित अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटन कार्य..

बैतडीमा खानेपानीको चरम समस्या, पानीका मुहान सुक्दै

बैतडीमा खानेपानीको चरम समस्या, पानीका मुहान सुक्दै

बैतडी : पछिल्लो समयमा बैतडीका खोलानाला, नदी र पानीका मुहान सुक्दै गएका छन् । चार/पाँच वर्ष पहिला कलकल पानी बग्ने खो..

आगालागीबाट खण्डहर बनेको बस्तीमा अग्निपीडितका लागि नयाँ घर निर्माण

आगालागीबाट खण्डहर बनेको बस्तीमा अग्निपीडितका लागि नयाँ घर निर्माण

गलकोट : आगालागीबाट खण्डहर बनेको बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँको बस्ती पुनःनिर्माण गरिएको छ..

हुम्ला दुर्घटना : १० यात्रुसहितकाे जिप कर्णाली नदीमा २१ घन्टादेखि बेपत्ता

हुम्ला दुर्घटना : १० यात्रुसहितकाे जिप कर्णाली नदीमा २१ घन्टादेखि बेपत्ता

हुम्लाको खार्पुनाथमा जीप कर्णाली नदीमा खस्दा बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । मंगलबारदेखि नै प्रहरी, सेन..