जासुसी गरेको आरोपमा फाँसी



काठमाडौंः अमेरिकी र इजरायली गुप्तचर एजेन्सीको जासुसी गरेको आरोपमा एक इरानीलाई फाँसी दिइएको छ ।

२०१८ मे मा जासुसी आरोपमा पक्राउ गरिएको उनलाई सोमबार फाँसी दिइएको इरानको आधिकारिक आईआरआईबी समाचार एजेन्सीले जनाएको छ ।

महमद मौसावी–माजद नाम गरेका ती व्यक्तिले कमाण्डर कासिम सुलेमानीको जासुसी गरेका थिए । अदालतले आफ्नो फैसलामा स्पष्ट भनेको छ-‘वर्षको शुरुमा सुलेमानीको हत्यामा उनको कुनै हात छैन ।’ तर उनले पहिले अमेरिका र इजरायली खुफिया एजेन्सीहरूलाई सुलेमानी सम्बन्धी जानकारी दिएको आरोप अदालतले लगाउँदै फाँसी दिएको अन्र्तराष्टिय संचार माध्यमले जनाएका छन् ।

जनवरी ३ मा इराकमा अमेरिकी ड्रोन हमलामा क्रान्तिकारी गार्ड क्वाड्रन्ट फोर्सका नेता सुलेमानीको हत्या भएको थियो । वाशिंगटनले इरान गठबन्धनका आतङ्कवादीलाई उक्त क्षेत्रमा अमेरिकी सेनामा भएको आक्रमणमा सुलेमानीलाई मास्टरमाइन्ड भएको आरोप लगाएको बताइएको छ ।

इरानका लाखौं व्यक्तिले सोशल मीडियामा मृत्युदण्डको विरोध गरिरहेको बेला महमुद मुसावी–मजदलाई फाँसी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्