नेपालमा मंगलबार १ सय ५० जना नयाँ कोरोना संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५० जना नयाँ कोरोना संक्रमण थपिएका छन् । योसँगै नेपाल कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ४० जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालमा गत २४ घन्टामा पीसीआर विधिबाट ३ हजार ९६३ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २१ हजार ७०४ छ । रेडजोनमा ५२९ जना रहेका छन् । हाल मुलुकका २७ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

प्रकाशित : साउन ६, २०७७

प्रतिक्रिया दिनुहोस्