महोत्तरीका ६० वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु



धरान : कोरोनाभाइरस (कोभिड–१९)का कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । वीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा महोत्तरीका ६० वर्षीय शशि भुषण झाको कोरोनाका कारण मंगलबार राति निधन भएको हो ।

प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माका अनुसार साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन कार्डमा भर्ना भएका थिए ।

प्रतिष्ठान भर्ना भएका मृतकको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा. शर्माले बताए । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ । मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यवस्थापन भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको निधन भएको थियो । प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रतिष्ठानका प्रवक्ता डा. निधेश सापकोटाले बताए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रकाशित : साउन ७, २०७७

प्रतिक्रिया दिनुहोस्