इथियोपियन एयरलाइन्सको बोइङ्ग ७७७ मा आगलागी



काठमाडौंः इथियोपियन एयरलाइन्सको विमानमा आगलागी भएको छ ।

इथियोपियन एयरलाइन्सको बोइंग ७७७ सांघाइ पुडोंग विमानस्थलमा आगलागी भएको अन्तरराष्ट्रिय संचारमाध्यम ग्लोबल टाईम्सले जनाएको छ ।

बोइंग ७७७ मा कुनै यात्रु सवार नरहेको जनाइएको छ तर, विमान चालक वा अन्य कर्मचारीको अवस्थाबारे केहि सावर्जनिक गरिएको छैन ।

सामाजिक संजालमा उक्त विमान जलिरहेको भिडियो सावर्जनिक भएको छ भने थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्