तिब्बतमा भूकम्प जाँदा नेपालमा धक्का



काठमाडौं : तिब्बत र नेपालको केही क्षेत्रमा बुधबार राति भूकम्पको धक्का महशुस गरिएको छ ।

तिब्बतको झियांग क्षेत्रमा ६.२ रेक्टरको भूकम्पको झट्का महशुस गरिएको हो । भूकम्पको झट्का नेपालको केही क्षेत्रमा पनि महशुस गरिएको थियो । तर, क्षतीको कुनै पनि विवरण भने प्राप्त भएको छैन ।

नयाँ दिल्लीमा रहेको नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार तिब्बतको झियांग क्षेत्रमा राति १ बजेर ३७ मिनेटमा भूकम्पको झट्का महशुस गरिएको थियो । भूकम्पको केन्द्र नेपालको राजधानी काठमाडौंभन्दा उत्तरको ३ सय ८० रहेको बताइएको छ ।

योभन्दा पहिला पनि २२ जुलाईमा अमेरिकाको अलास्कामा भूकम्पको झट्का महशुस गरिएको थियो । ७.४ रेक्टरको धक्का महशुस गरिएको थियो । योपछि पनि धेरै पटक पराकम्पनहरू महशुस गरिएको थियो । अलास्कामा भूकम्पपछि सुनामीको पनि चेतावनी दिइएको थियो । तटीय क्षेत्रमा बस्ने स्थानीयहरूलाई पहाड क्षेत्रमा स्थानतरणका लागि निर्देशन गरिएको थियो ।

प्रकाशित : साउन ८, २०७७

प्रतिक्रिया दिनुहोस्