सुनको मूल्यमा नयाँ रेकर्ड



काठमाडौं : सुनको मूल्यले बिहिबार नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अहिलेसम्मकै महँगो तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको छ ।

बुधबार प्रतितोला ९४ रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्