श्रीमती हत्या अभियोगमा जेल जीवन बिताइरहेका सशस्त्रका पूर्व डीआईजी कोइराला जेलमुक्त



काठमाडौं : श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका सशस्त्र प्रहरीका पूर्व डिआईजी रन्जन कोइराला जेल मुक्त भएका छन् ।

डिल्लीबजार कारागारमा रहेका पूर्व डीआईजी बिहीबार बिहान ११ः५० बजे जेलमुक्त भएका हुन् ।उनी कारागारबाट निजी कारमा बाहिरिएका छन् ।

सर्वोच्च अदालतले असार १५ मा उनको सजाय घटाउने फैसला गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो ।

सर्वस्वसहित जन्मकैद अर्थात २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुई छोराबाहेक उनको हिस्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो । तर, उनको सजाय आठ वर्ष ६ महिना कायम भएको छ । जसका कारण उनी आज जेलमुक्त भएका हुन् ।

कोइरालाले मकवानपुरको टिस्टुङ पालुङमा श्रीमतीको हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रकाशित : साउन ८, २०७७

प्रतिक्रिया दिनुहोस्