दैलेखको ठाटीकाँध गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी



सुर्खेतः दैलेखको ठाटीकाँध गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय दैलेखले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज (बिहीबार) सूचना जारी गर्दै जिल्लामा कोरोना भाइरस फैलिन नदिन निषेधाज्ञा जारी गरेको र आजदेखि नै लागु हुनेछ ।

ठाटीकाँधका टेस्टिङ गाइडलाइनमा नपरेका ७३ जनाको पीसीआर परीक्षण गरिएको थियो । बुधार आएको रिपोर्टमा उनीहरु मध्ये १६ जनामा संक्रमण पुष्टि भएको छ ।

टेस्टिङ गाइडलाइनमै नपरेका स्थानीयमा कोरोना पुष्टि भएपछि समुदायमा फैलिन सक्ने जोखिमलाई कम गर्न निषेधाज्ञा जारी भएको हो ।

प्रशासनले जारी गरेको सूचना अनुसार गाउँपालिका प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ भने भेटघाट, जमघट र आवतजावत् पूर्णरुपमा निषेध गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्