भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ



बाँके : बाँकेको भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई बिहीबार अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

उनीमाथि अस्पतालको सामान खरिदमा १६ लाख १३ हजार ७५ कमिशन लिएको अभियोग लगाइएको छ ।

अख्तियार अनुसन्धान आयोग नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, स्रोत नखुलेको रकमसहित कम्प्युटर अपरेटर खनाललाई पक्राउ गरिएको छ ।

आयोगको टोलीले केही दिन अघि नेपालगञ्जस्थित घरेलु तथा साना उद्योग कार्यालयका एक अधिकृतलाई ९६ हजार घुससहित पक्राउ गरेको थियो ।

यसैबीच, बाँके प्रहरीले प्रतिबन्धित औषधि कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले गएराति डुडुवा गाउँपालिका–१ पाजाबाट ६५ सिसी कोरेक्ससहित सोही स्थान बस्ने ३० वर्षीय आशिष अहिर र २७ वर्षीय राजकुमार यादवलाई पक्राउ गरेको हो ।

भारतबाट ल्याइएको उक्त प्रतिबन्धित औषधि कोरेक्स नष्ट गरी आवश्यक अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्