सुनको मूल्य एक लाख नजिक !



काठमाडौं : नेपाली बजारमा सुनको मूल्य एक लाख नजिकै पुगेको छ । आज (आइतबार) सुनको मूल्यमा पाँच सयले वृद्धि भएको छ । केही दिनदेखि सुनको मूल्य लगातार बढ्दै गएको छ ।

आइतबार सुन तोलामा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८ सय कायम गरेको थियो । यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य ११ सय ५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।

प्रकाशित : साउन ११, २०७७

प्रतिक्रिया दिनुहोस्