युवक ठग्ने युवती पक्राउ



काठमाडौं : बिहे गरि अमेरिका लैजाने प्रलोभन देखाइ ठगि गर्ने युवती पक्राउ परेकी छन् ।

विभिन्न व्यक्तिहरुलाई फेसबुक, टिकटकमार्फत युवाहरुलाई फलोप गरि आफू अमेरिकाको क्यार्लिफोनियामा बस्दै आएको र विवाह गरे पश्चात अमेरिका लैजाने भनी प्रलोभनमा पारि ठगि गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाग्लुङ काठेगाउँपालिका–२ घर भई हाल भक्तपुर रोजभिलेज कोलोजी बस्ने २७ वर्षकी कोपिला शर्मा र १९ वर्षकी अमिसा केसी छन् ।

अमेरिका लैजाले भनी विभिन्न बहाना बनाई प्रपञ्चमा पारी ठगि गरेको भन्ने जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका दुवै जनाले ६ लाख ६० हजार ठगि गरेको खुल्न आएको र बुटवलमा लुकिछिपी बस्दै आएका उनीहरुलाई शुक्रबार बुटवलबाट प्रहरी गरि आवश्यक कारबाहीको लागि महानगरीय प्रशरी वृत्त ठिमी पठाइएको छ ।

प्रकाशित : साउन ११, २०७७

प्रतिक्रिया दिनुहोस्