अनलाईन सामान डेलेभरी गरिदिने नाममा ठगी गर्ने धनुषाका एक युवक पक्राउ



जनकपुरधाम : अनलाईन अर्डर लिएर सामान डेलेभरी गरिदिने नाममा ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

कुरिअर सेवाका नाममा अनलाईन सामान पुर्याउने भन्दै ग्राहक ठगिरहेका धनुषाका ३६ वर्षीय युवक धिरज साहलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक इश्वर कार्कीले साहले अनलाइनमार्फत घडी, मोबाइल लगायतका सामानहरूको कुरिअर सर्भिस दिने र पछि ठग्ने गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको बताए ।

अहिलेसम्म साहले त्यस्ता ५ जना व्यक्तिहरूबाट १ लाख ७४ हजार बराबरको ठगी गरेको एसपी कार्कीले बताए । पक्राउ परेका साहमाथि प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित : साउन १२, २०७७

प्रतिक्रिया दिनुहोस्