डाका मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ



जनकपुरधाम : प्रहरीले डाका मुद्दाका एकजना फरार अभियुुक्तलाई १२ वर्षपछि जनकपुरबाट पक्राउ गरेको छ । २०६५ सालमा जनकपुरमा भएको एक डकैतिको घटनामा संलग्न रहेको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ बस्ने बैजु साहलाई प्रहरीले पक्राउ गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने होटेल सिता प्यालेसका सञ्चालक जिवनाथ चौधरीको घरमा २०६५ भदौ १५ गते भएको डकैतीमा साह पनि संलग्न रहेको करिब डेढ वर्षअघि धनुषा जिल्ला अदालतले फैसला गरेपनि उनी पक्राउ परेका थिएनन् ।

बैजु मधेशी नामले समेत परिचित उनलाई अदालतले ६ वर्ष कैद र ९ लाख ४५ हजार ४ सय ५० रुपैयाँ जरिवाना तोकेको छ । डाका मुद्दामा दोषी सावित भई फरार रहेका साहलाई जनकपुरधाम–७ जिरोमाइलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

त्यस्तै, बैंकिङ्ग कसुर मद्दामा दोषी सावित भइ फरार रहेका अर्का एकजनालाई समेत प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय उपेन्द्र मिश्र रहेको प्रहरीले जनाएको छ ।

तेजनारायण ईसर केवटले दिएको जाहेरीमाथि भएको सुनवाइमा उच्च अदालत जनकपुरले मिश्रलाई दोषी ठहर गर्दै ९ लाख ९० हजार जरिवाना र १५ दिन कैद सजाय सुनाएको थियो ।

प्रकाशित : साउन १२,, २०७७

प्रतिक्रिया दिनुहोस्