स्याङ्जामा १८ जना प्रहरीमा कोरोना संक्रमण



स्याङ्जा : स्याङ्जामा सोमबार १८ प्रहरीमा कोरोना संक्रमण भेटिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले यसको पुष्टि गरेको हो ।

प्रहरीमा कोरोना संक्रमण देखिएसँगै कार्यालय सिल गरिएको छ । यसअघि तीन प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जा प्रहरी प्रमुख (एसप) विमलराज कणेलका अनुसार उनीहरुसँगको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य १८ जना प्रहरी प्रमुखमा संक्रमण भेटिएको हो ।

प्रकाशित : साउन १२, २०७७

प्रतिक्रिया दिनुहोस्