प्रदेश २ : सोमबार ५२ जना संक्रमित थपिए, ५२ जना डिस्चार्ज



जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार पर्सामा १९ जना, सप्तरीमा १३ जना, महोत्तरीमा १० जना र धनुषामा १० जना व्यक्ति संक्रमित भएका छन् ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ हजार ४ सय ३३ पुगेको छ । संक्रमितमध्ये ४ हजार ८८ पुरुष र ३ सय ४५ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

पर्सामा संक्रमण पुष्टी भएकाहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर–२,१०,११,१४ र १६ का २५ देखि ६५ बर्ष उमेर समुहका ९ जना पुरुष, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–२ श्रीपुर पचगावाका ४० बर्षिय एक पुरुष, पर्सागढी नगरपालिका बदनिहार क्वारेन्टाईनका २३ र २८ वर्षीया २ जना महिला र ३५ देखि ४५ वर्ष उमेर समुहका ४ जना पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर–६ माइस्थान रोडका १२ र ४० वर्षीया २ जना महिला र ९ वर्षीय एक बालक रहेका छन् ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–२ र ८ का उमेर नखुलेको एक महिला र २१ वर्षीय २ जना पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ र १२ का उमेर नखुलेको एक महिला र २६ र २७ वर्षीय २ जना पुरुष, डाक्नेश्वरी नगरपालिका वडा नम्बर–२ का ३६ वर्षीय एक पुरुष तथा राजगढ गाउँपालिका वडा नम्बर–२,३,४ र ५ का २० देखि ३० वर्ष उमेर समुहका ६ जना पुरुषहरु संक्रमित भएका छन् ।

महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर– १,२,५ र ११ का १२ र २२ वर्षीया २ जना महिला र १८ देखि ४५ वर्ष उमेर समुहका ८ जना पुरुष समेत संक्रमित भएका छन् भने धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर–८ स्थित क्वारेन्टाईनमा रहेका ३० देखि ४५ वर्ष उमेर समुहका ४ जना पुरुष, गणेशमान चारनाथ नगरपालिका दुखनीदेवी अस्पताल विरेन्द्रबजारका २८ र ३५ वर्षिय २ जना पुरुष, विदेह नगरपालिका वडा नम्बर–५ तिनकौरिया क्वारेन्टाईनमा रहेका १९ देखि ४५ वर्ष उमेर समुहका ३ जना पुरुष र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ की ३३ बर्षिया एक महिला कोरोना संक्रमणको चपेटमा परेका छन् ।

प्रदेशभरीमा सोमबारसम्म सप्तरीमा ७ हजार ४ सय २७, सिरहामा ३ हजार ८ सय ६५, धनुषामा ५ हजार ३ सय ६३, महोत्तरीमा ३ हजार ८ सय ६१, सर्लाहीमा ६ हजार ३२, रौतहटमा १५ हजार २ सय ८४, बारामा ४ हजार ८ सय ३८ र पर्सामा ८ हजार ९ सय २ जना गरि कुल ५५ हजार ५ सय ७२ जनाको स्वाब परिक्षण गरिएकोमा ४ हजार ४ सय ३३ जना संक्रमित भएका छन् भने ४८ हजार ७ सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ७ सय ७८, सिरहामा १ सय ८२, धनुषामा १ सय ३०, महोत्तरीमा २ सय ३९, सर्लाहीमा ६०, रौतहटमा ३ सय ७९, बारामा १ सय ७५ र पर्सामा ४ सय ६४ जना गरि कुल २ हजार ४ सय ७ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज मात्रै सप्तरीमा १ सय ७४, सिरहामा ४६, धनुषामा ५२, महोत्तरीमा ३४, रौतहटमा २ सय २१ र पर्सामा ४ सय १९ जना गरि ९ सय ४६ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा १९, महोत्तरीमा २०, रौतहटमा ५ र पर्सामा ३२ जना गरि जम्मा ७६ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २६ हजार ४ सय ४ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ५४, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ५, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४५ र पर्सामा २६ जना गरि कुल १ हजार १ सय ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार २ सय १४ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको २३ हजार ४ सय ५ बेड क्षमताको ३ सय ६९ वटा क्वारेन्टाइनमा अहिले २ हजार ७० जनालाई राखिएको छ भने २ हजार १ सय ५५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार २ सय ३३ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ३९, सिरहामा २८, धनुषामा ४२, महोत्तरीमा ११, सर्लाहीमा ६०, रौतहटमा ११, बारामा ५४ र पर्सामा ५७ जना गरि ४ सय २ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय ६४, सर्लाहीमा ७ सय ७, धनुषामा ६ सय ३०, सप्तरीमा ४ सय ३७, पर्सामा २ सय ६४, सिरहामा २ सय १० र बारामा १ सय ६६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५२ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका २०, महोत्तरीका ३, सर्लाहीका ६ र रौतहटका २३ जना रहेका छन् ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय २५, सिरहाका १ सय ५४, धनुषाका ५ सय ३३, महोत्तरीका ३ सय ४०, सर्लाहीका ६ सय २८, रौतहटका ७ सय ४१, बाराका १ सय १६ र पर्साका १ सय ७७ जना गरि ३ हजार १४ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा ५, बारामा ३, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरि १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित : साउन १२, २०७७

प्रतिक्रिया दिनुहोस्