प्रधानमन्त्री केपी ओली विराटनगर जाँदै



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मोरङको विराटनगर जाँदैछन् । मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उनी विराटनगर जान लागेका हुन् । प्रधानमन्त्री ओली विहान १० बजे काठमाडौंबाट विराटनगरतर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । उनले दिउँसो साढे ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उदघाटन गर्ने छन् ।

यसैगरी दिउँसो साढे १२ बजे विराटनगरमा नेपाल कम्युनिष्ट (नेकपा)को प्रदेश नम्बर १ का सदस्यहरुलाई सपथ गराउनेछन् । प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन पनि गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्