गाई काटेको आरोपमा चितवनमा दुई जना पक्राउ



चितवन : चितवनमा गाई काटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोक निवासी रणबहादुर सार्की र विक्रम सार्कीलाई गाई काटेको अभियोगमा प्रहरीले समातेको हो।

पाल्ने भनेर किनेर ल्याएर काटेका उनीहरुलाई आरोप लागेको हो। साथबाट प्रहरीले मासुसमेत बरामद गरेको बताएको छ। पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

प्रतिक्रिया दिनुहोस्