गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि



पोखरा : गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा चार जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये स्याङ्जाका १, तनहुँका १, बाग्लुङका १ र म्याग्दीका २ जना रहेका छन् ।

संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको डा. विनोद विन्दु शर्माले बताए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४ सय ३५ पुगेको छ ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्