सिंहदरबारबाट ‘इनफ इज इनफ’ अभियानका ५ जना अभियन्ता प्रहरी नियन्त्रणमा



काठमाडौं : ‘इनफ इज इनफ’ अभियानका ५ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारलाई दवाव दिन भन्दै बिना पास सिंहदरबारभित्र छिर्न खोजेपछि उनीहरुलाई दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको हो ।

अहिले उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

पीसीआर परीक्षणको दायरा बढाइनु पर्ने, आरडीटी परीक्षण बन्द गरिनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने लगायतका विभिन्न माग राख्दै इनफ इज इनफ अभियानले अनसनसहित आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित : साउन १४, २०७७

प्रतिक्रिया दिनुहोस्