आज थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज (शनिबार)को नियमित प्रेस ब्रिफिङमा उपत्यकाका ६ सहित ३१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै संक्रमितको संख्या २० हजार नाघेको छ । शनिबारसम्म देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन् भने कुल निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्