फोरम छाडेर दर्जनौं नेता कार्यकर्ता नेकपा प्रवेश



जनकपुर : धनुषामा संघीय समाजवादी फोरम पार्टी परिवर्तन गरी एक सय ५० नेता तथा कार्यकर्ता सत्तारुढ नेकपामा प्रवेश गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी नेकपा सहिदनगर नगरपालिकाले सोमबार फागु पर्वको सुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियाे। नेकपा केन्द्रीय सदस्य तथा क्रान्तिकारी नेता श्रवण बबरिया यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।

कार्यक्रममा विन्देश्वर गोइतलगायत नेता तथा कार्यकर्ता नेकपा प्रवेश गरेका थिए। नवप्रवेशीलाई बबरिया तथा उक्त नगरपालिकाका मेयर नेकपा प्रदेश २ कमिटी सदस्य उदय बबरियाले फूलमाला र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा नेकपाका नेताहरु तनुकलाल कुसियत, रामदेव मरिक, रामकिशोर पासवान, बैजनाथ मण्डल, वीरेन्द्र मण्डल, रुपेश बिराज, राकेश बिराज, शिवकुमार गोहीवार, सुरेश पासवान, सुरेन्द्र राई, अरविंन्द भिनवारलगायत उपस्थित थिए। नवप्रवेशीहरुले एकआपसमा होली पर्व खेली रमाइलो गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्