मेयर सरावगीका परिवारसहित पर्सामा थप ४५ जनामा कोरोना संक्रमण



पर्सा : वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीका परिवारसहित पर्सामा थप ४५ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रयोगशालाले दिएको रिपोर्टअनुसार संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी वीरगञ्जका मेयर सरावगीको कन्ट्याक्ट ट्रेसिङ शुरु भएसँगै पहिलो चारणमा दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अन्य संक्रमितको ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ३६ वर्षका पुरुष र ४० वर्षीया दुई महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी वीरगञ्ज–४ विर्तास्थित कन्या माविबाट संकलन गरिएका स्वाब परीक्षण गर्दा १९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

मास टेष्टिङअन्तर्गत साउन १२ गते १ सय ४९ जनाको स्वाब नमुना संकलन गरिएको थियो । जसमा पाँच वर्षीया बालिकादेखि ६० वर्षका पुरुषसम्म संक्रमित छन् ।

त्यस्तै वीरगञ्ज–११ श्रीपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

श्रीपुरका ६२, १८, ५०, ४५, ३४ र १७ वर्षका पुरुष तथा ५०, ६०, २९ र ४३ वर्षका महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मगनुस फर्माका ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये औषधि फर्मामा काम गर्ने वीरगञ्ज–८ की ४१ वर्षीया महिला, वीरगञ्ज मनियारीका ३२ र वीरगञ्ज–४ भगवती टोलका ४६ वर्षीय पुरुष, ठोरी गाउँपालिका निर्मलबस्तीकी २६ र वीरगञ्ज–८ की ४१ वर्षीया महिलाहरुमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पेड पीसीआर गराएका वीरगञ्ज–३ छपकैया र वीरगञ्ज–११ श्रीपुरका ५६ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।

प्रकाशित : साउन १८, २०७७

प्रतिक्रिया दिनुहोस्