हत्या हिंसामा संलग्न अपराधीमाथि कडा कारवाही गर्न मैथिली साहित्यकार सभाको माग



जनकपुरधाम : मैथिली साहित्यकार सभाले दलितहरुको हत्या हिंसामा संलग्न अपराधीहरुमाथि कडा कारवाही गर्न नेपाल सरकारसँग माग गरेको छ ।

काठमाडौंमा गठित संयुक्त दलित संघर्ष समिति र जनकपुरमा गठित संयुक्त दलित संघर्ष समितिद्धारा जारी राष्ट्रव्यापी दलित आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै मैथिली साहित्यकार सभाले कोरोना महामारीको यस विकट समयमा पनि दलित असहाय समुदायमाथि निरन्तर हमला, हिंसा र हत्याको घटनामा बृद्धि भएको भन्दै यस्ता अपराधिक तत्वहरुको खोजी गरि कारवाही प्रक्रिया अगाडी बढाउन सरकारसँग आग्रह गरेको हो ।

मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनले धनुषा, मोरङ्ग, रुपन्देही, रुकुम जिल्ला सहित देशका विभिन्न भागमा भएको दर्जनौं घटनामा शम्भु सदा, राजु सदा, त्रिभूवन राम, अंगीरा पासी, नवराज विक सहित एक दर्जन भन्दा बढि दलित नागरिकको हत्या गरिएपनि राज्य पक्ष मौन बसेकोले न्याय माथि विश्वास गर्ने कुनै आधार नभएको बताए ।

उनले यस्ता घटनामा अपराधि जो सुकै भएपनि राज्यले पीडितको पक्षमा सदैव पहलकदमी लिनुपर्ने आवश्यकता रहेको धारणा राखेका छन् ।

प्रकाशित : साउन १८, २०७७

प्रतिक्रिया दिनुहोस्