काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण



काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार पनि उपत्यकामा ६ जनामा कोरोना देखिएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ भने ५८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : साउन १८, २०७७

प्रतिक्रिया दिनुहोस्